काठमाडाैं महानगर भित्र अझै तीन हजार बढी काेराेनाका सक्रिय संक्रमित

डिसी नेपाल
१२ साउन २०७८ ११:३५

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तीन हजार ५० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा दुई हजार ८ सय ७९ जना, अस्पतालमा एक सय १९ जना र संस्थागत आइसोलेसनमा ५२ जना रहेका छन्।

महानगरका अनुसार वडा नं. ९ मा सबै भन्दा बढी सात सय ४७ सक्रिय संक्रमितको संख्या रहेको छ भने सबै भन्दा कम वडा नं. १८ मा २ जना रहेका छन्। वडा नं. २३ मा अहिले सक्रिय संक्रमित नभएको महानगरपालिकाले जनाएको छ।

हालसम्म जम्मा पाँच सय ९ जनाको मृत्यु भएको छ। जसमध्ये सबै भन्दा बढी वडा नं. १६ मा ७५ जनाको कोरोनाका कारण ज्यान गएको छ भने वडा नं. २८ मा २ जनाले मात्र कोरोनाका कारण ज्यान गुमाउनु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

हालसम्म जम्मा ७१ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जानकारी दिएको छ। जसमध्ये ६७ हजार ४ सय ४३ जना निको भएर घर फर्केका छन्।

सबै भन्दा बढी वडा नं. ३२ मा छ हजार नौ सय २६ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्। सबै भन्दा कम वडा नं. २४ मा दुई सय ८९ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *