गजल

डिसी नेपाल
१६ साउन २०७८ ६:३०
184
Shares

नजानेले साथ छोडी गइहाले कसम खाएर के गर्नु
अब त तिमी मेरी होइनौ भनी मन बुझाएर के गर्नु

सून्यता कत्ति हुन दिएका छैनन् तिम्रा यादहरुले
यो मन पनि भन्दो हो तिमीलाई भुलाएर के गर्नु

तिमी सधै देखिने त्यो बार्दली आज माइती भइगयो
देखिन्नौ तिमी जान्दा नि याद बटुल्न धाएर के गर्नु

हर रातको मेरो पीडा देख्दा सिरानीले सोच्दो हो
हिजो प्रेम गर्न जानेनस् आज मलाई भिजाएर के गर्नु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *