कोरोना निको भए पनि १४ वर्षकी किशोरीले ६ महिनादेखि गन्ध र स्वाद थाहा पाउँदिनन्

डिसी नेपाल
१७ साउन २०७८ १२:०१
884
Shares

काठमाडौं। कोरोनाभाइरस संक्रमण भएपछि संक्रमितले गन्ध र स्वाद थाहा नपाउने समस्या प्रायः धेरैजसो बिरामीमा देखिन्छ । संक्रमण निको भएपछि यो समस्या हराएर जान्छ तर केही बिरामीमा भने कोरोना संक्रमण निको भए पनि स्वाद र गन्ध थाहा नपाउने समस्या कहिल्यै नफर्किन सक्छ । अमेरिकाकी १४ वर्षकी एक किशोरी कोरोना संक्रमणबाट निको भइसकिन् तर ६ महिना बितिसक्दा पनि उनले स्वाद र गन्ध थाहा पाउँदिनन् । र, डाक्टरले उनको यो समस्या सधैंका लागि रहिरहन सक्ने बताएका छन् ।

१४ वर्षकी ग्वेन्डालिन केलन आफ्नो नाकको गन्ध थाहा पाउने क्षमता फिर्ता ल्याउन हरेक दिन ४ आवश्यक तेल सुँघ्छिन् तर उनलाई हरेक तेलबाट केवल जलेको रबरजस्तो गन्ध आउँछ । डेली मिररको रिपोर्टअनुसार कोरोना नेगेटिभ भएको ६ महिनासम्म पनि उनलाई सबै खानेकुराको स्वाद आउँदैन र उनलाई अब कहिल्यै पनि मन पर्ने खानाको आनन्द लिन पाउँदिन भन्ने डर लाग्छ ।

अमेरिकाको मिशिगनकी ग्वेन्डालिन पेरोस्मियाबाट पीडित छिन् । यो समस्या हुँदा गन्धको विकृति उत्पन्न हुन्छ जसलाई कोरोना संक्रमणको साइड इफेक्ट वा लंग टर्म कोभिड लक्षण भनिएको छ । ५१ वर्षका उनका पिता डेभिड केलनलाई आफ्नी छोरीले स्वाद र गन्धको भावनाबिना बाँकी जीवन बिताउनु पर्छ कि भन्ने डर लागिरहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *