वर्षौं पहिले मृत्युदण्डको सजाय सुनाइएका व्यक्ति रहस्यमय तरिकाले राष्ट्रपति बन्छु भन्दै आए
काठमाडौं। लिबियाका पूर्व तानाशाह कर्नल मुअम्मर अल गद्दमफीका छोरा रहस्यमय तरिकाले फेरि संसारको अगाडि आएका छन् । अहिले सार्वजनिक भएका उनले आफूले युद्धग्रस्त देश लिबियालाई राष्ट्रपति बनेर चलाउन चाहेको बताएका छन् । उनले लिबियाको राष्ट्रपति पदको लागि हुने निर्वाचनमा आफ्नो दावेदारी हुन सक्ने बताएका छन् । कर्नल गद्दाफीका छोरा सैफ अल इस्लाम गद्दाफीलाई कैयौं वर्ष पहिले मृत्युदण्डको सजाय सुनाइएको थियो ।
४९ वर्षका सैफ अल इस्लामलाई २०११ मा पिता कर्नल गद्दाफीलाई अपदस्थ गरिएसँगै पक्राउ गरिएको थियो । त्यसपछि सैफलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । अहिलेसम्म कैयौं मानिसहरुले उनी मरिसकेको मानेका थिए । २०११ मा लिबियाको राजधानी त्रिपोलीमा विद्रोहीहरुले नियन्त्रण गरेका थिए । त्यसपछि तानाशाह गद्दाफीको कुटपिट गरेर हत्या गरिएको थियो । कर्नल गद्दाफीलाई मारिसकेपछि उनका छोरालाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो किनकि सैफलाई आफ्ना पिता कर्नल गद्दाफीको उत्तराधिकारी मान्न थालिएको थियो ।
लामो समयपछि सैफ अल इस्लामा संसारको अगाडि सार्वजनिक भएर मानिसहरुलाई आश्चर्यमा पारेका छन् । ४९ वर्षीय इस्लामले अमेरिकी अखबार न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तरवार्तामा आफूले आफ्ना पिताको मृत्युपछि गृहयुद्धका कारता क्षत विक्षत भएको लिबियालाई एकजुट बनाउन चाहेको बताएका छन् । उनले आफू १० वर्षदेखि लिबियाका जनताबाट टाढा रहेको बताउँदै अब अतीतमा फर्किने समय आएको बताएका छन् । यसअघि २०१४ पछि इस्लामलाई कसैले देखेका थिएनन् र उनको आवाज पनि कतै सुनिएको थिएन ।
अन्तरवार्तामा इस्लामले आफू राजनैतिक पुनरागमनको लागि तयार भएको बताएका छन् । उनले आफूलाई कैद गर्नेहरु अब आफ्नो मित्र भएको बताएका छन् । उनका पिता कर्नल गद्दाफीले लिबियामा निकै लामो समय शासन गरेका थिए । कर्नल गद्दाफीले १९६९ मा लिबियामा शासन गर्न थालेका थिए । करिब ४२ वर्षपछि उनलाई लिबियाको शासनबाट हटाएर विद्रोहीहरुले उनको हत्या गरेका थिए । उनीमाथि विश्वव्यापी आतंकवादको प्रायोजक भएको आरोप लगाइएको थियो ।







डिसी नेपाल







Facebook Comment