चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

डिसी नेपाल
१८ साउन २०७८ १३:५६
164
Shares

बेइजिङ। चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ। कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ। त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ। ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन्। चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन्।

स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ। चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ। यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन्।

देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा सङ्क्रमितहरु देखिन थालेपछि ती क्षेत्रहरुमा निको भएका बिरामीहरुमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरुले ध्यान दिन थालेका छन् । उनीहरुको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *