ओलम्पिकका कारण भाइरल भएकी को हुन् यी सुन्दरी ? उनको ओलम्पिकसँग कुनै सरोकार छैन

डिसी नेपाल
१९ साउन २०७८ १४:३९

काठमाडौं। जापानको राजधानी टोक्योमा जारी ओलम्पिक खेलमा खेलाडीहरु विभिन्न कारणले चर्चामा आइरहेका छन् । खेलको यो महाकुम्भमा केही महिला खेलाडी आफ्नो प्रदर्शनका कारण चर्चामा छन् भने केही आफ्नो सुन्दरताका कारण सामाजिक संजालमा भाइरल भइरहेका छन् । केही भने यस्ता छन् जसको ओलम्पिकसँग कुनै सरोकार छैन तर सामाजिक संजाल प्रयोगकर्ताहरुले उनीहरुलाई भाइरल बनाइदिएका छन् ।

यस्तै एक सुन्दरी हुन् जुयु जसको भिडियो अहिले सामाजिक संजालमा निकै चर्चामा छ । उनलाई टोक्यो ओलम्पिकसँग जोडेर प्रचार गरिएको छ । सामाजिक संजालमा उनलाई चीन, ताइवान साथै कोरियाको आर्चरी टिमकी खेलाडी भनिएको छ । जुयुको जुन भिडियो भाइरल भइरहेको छ त्यसमा उनले आर्चरी प्रतियोगितामा भाग लिइरहेकी छिन् । कसैले उनलाई कोरियाली र कसैले चिनियाँ भनिरहेका छन् ।

खासमा जुयुको ओलम्पिकसँग कुनै सरोकार छैन । उनी खेलाडी नभइ गायिका हुन् । उनी एक आइडल हुन् र उनले आइडल स्टार एथलेटिक्स च्याम्पियनशिप (आइएसएसी) मा भाग लिएकी थिइन् । जुयुको यो भिडियो त्यही प्रतियोगितामा भाग लिँदाको हो । उनले आइडल स्टार एथलेटिक्स च्याम्पियनसिपमा धेरै पटक भाग लिएकी छिन् र त्यहाँ उनी आफ्नो कौशल र सुन्दरताका कारण भाइरल भइरहेकी छिन् । जुयुको भाइरल भएको भिडियो २०१९ मा भएको आइडल स्टार एथलेटिक्स च्याम्पियनसिपको हो । जुयु ताइवानकी हुन् र उनी एक गायिका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *