छैटाैं पुस्ताको लडाकु विमानका कारण अमेरिका र चीनबीच हतियार होडवाजीको नयाँ दौड शुरु
काठमाडौं। आफ्ना वायु सेनाका लागि सिक्स्थ जेनेरेशन (छैटाैं पुस्ता)को स्टील्थ लडाकु विमान बनाउने अमेरिका र चीनको होडवाजीले फेरि यी दुई महाशक्तिबीच हतियारको होडबाजीको नयाँ दौड शुरु भएको छ। जून २०२१ मा अमेरिकी वायु सेनाले सिक्स्थ जेनेरेशनको लडाकु विमानमा ‘नेक्स्ट जेनेरेशन एयर डोमिनेन्स’ (एनजीएडी) सिस्टमको प्रयोग आगामी १० वर्षमा हुने घोषणा गरेको थियो।
अमेरिकी वायु सेना (यूएसएएफ) का चीफ अफ स्टाफ जनरल चार्ल्स क्यू ब्राउन जूनियरले हाउस आर्म्ड सर्विसेज कमिटीलाई यो नयाँ र अत्याधुनिक लडाकु विमानले एफ २२ र्याप्टरको स्थान लिने र यसले कैयौं काम गर्न सक्ने बताएका छन्। आर्थिक वर्ष २०२२ को बजेटको विषयमा वायु सेना प्रमुखले यस लडाकु विमानको मुख्य उद्देश्य हवाई क्षेत्रमा अमेरिकाको प्रभुत्व यथावत राख्नका लागि हुने बताएका थिए। तर यो विमान जमिनको लक्ष्यलाई निशाना बनाउनेको क्षमताको पनि हुने उनले जानकारी दिएका छन्।
उनले सिक्स्थ जेनेरेशनका लडाकु विमानमा हावाबाट सतहमा मार गर्ने क्षमता हुने भन्दै त्यसले सबैभन्दा पहिला आफ्नो सुरक्षा सुनिश्चित गर्ने बताए। उनले यसले अमेरिकी वायु सेनाका कमाण्डर तथा सँयुक्त फोर्सलाई विकल्प दिने बताए।
ब्राउनले भने, ‘एनजीएडी लडाकु विमानका कारण एए २२ विमानको काम गर्ने दायरा पनि बढेको छ। यसमा अधिक मात्रामा हतियार बोक्ने क्षमता छ। जसले इन्डो प्यासिफिक क्षेत्रमा लामो दुरीसम्म मार गर्न सक्ने क्षमता प्राप्त भएको छ।’

एनजीएडीलाई सँधै फ्यामिली सिस्टम्सका रुपमा पेश गरिएको छ। जसले सम्भवत विना पाइलट विमानहरुको समूहबाट दुश्मनहरुको आक्रमण गर्ने क्षमतालाई नष्ट गर्ने, इलेक्ट्रिोनिक्स आक्रमलाई सफल पार्ने जस्ता मिसनमा प्रयोग गरिने छ। तर, अमेरिकी सैन्य अधिकारीले यो विमानको बनोट मुल रुपमा विमानै हुने बताएका छन्।
इन्डो प्यासिफिक क्षेत्रमा चिनियाँ वायु सेनाले सतहबाट सहतमा मार गर्न सक्ने मिसाइलको फोर्स बढाएपछि देखिएको खतराका कारण प्रतिस्पर्धा गर्न अमेरिकाले यो हतियार प्रणालीको योजना बनाएको हो।
चीफ अफ स्टाफ फर स्ट्राटेजी, इंटीग्रेशन एंड रिक्वायरमेंट्स लेफ्टिनेंट जनरल एस क्लिंटन हाई नोटले मे महिामा भनेका थिए, ‘आधुनिक चिनियाँ विमानहरु र लामो दूरीसम्म मार गर्ने मिसाइलको नेक्स्ट जेनेरेशन च्यालेन्जबारे जति हामीले सोचेका थियौं, त्यो त्यसकै आसपास छ।’

हाई नोटले भने, ‘निश्चित रूपमा यस्तो समय निकट आइरहेको छ, जहाँ जे २० जस्ता अत्याधुनिक मिसाइलहरु अमेरिकी वायुसेनाका लागि खतरा बन्न सक्छन्।’ जे २० चीनको पहिलो स्टील्थ (रडार र आधुनिक उपकरणबाट देख्न नसकिने) फाइटर विमान हो, जो वर्तमानमा प्रयोग भइरहेको छ। हाई नोटले चिनियाँ विमानबाट खतरा रहेको भन्दै यसको विकल्प तयार पार्नुपर्ने बताएका छन्।
यही विषयाई लिएर चिनियाँ वायु सेना र अमेरिकी वायु सेनाबीच बयानबाजी पनि शुरु भइसकेको छ। गत वर्ष चिनियाँ सरकारी पत्रिका ग्लोवल टाइम्समा प्रकाशित एक लेखका अनुसार चीनले सिक्स्थ जेनेरेशन लडाकु जेटको वैश्विक दौडामा चीन पछाडि नपर्ने उल्लेख गरिएको थियो। र २०३५ सम्म नेक्स्ट जेनेरेशनको लडाकु जेट बनाउने उल्लेख गरिएको थियो।

चीनका एक प्रमुख लडाकु विमान विशेषज्ञ वांग हेफेंगले चीनको सिक्स्थ जेनेरेशन लडाुक जेट २०३५ मा लन्च गरिने बताएका छन्। उनी चेंगदू एयरक्राफ्ट रिसर्च एंड डिजाइन इंस्टीट्यूटका चीफ आर्किटेक्ट हुन्। जसले जे २० र जे १० को निर्माण पनि भाग लिएका थिए।
जो शियानबाट प्रकाशित हुने नेशनल डिफेन्स इंडस्ट्रीजमा आधारित इंडस्ट्री साइंस टेक्नोलोजीले जनवरीमा एक रिपोर्ट प्रकाशित गरेको थियो। यस रिपोर्टमा सिक्स्थ जेनेरेशन लडाकु विमानमा नयाँ प्रविधि जोडिएको, जसमा ड्रोन्सलाई निर्देशन दिने, आर्टिफ़िशियल इंटेलिजेंस र एरोडायनेमिक (हावाको प्रतिरोधलाई कम गरेर तिब्र गतिबाट उड्ने क्षमता) डिजाइनका माध्यमबाट हाई क्वालिटीको स्टील्थ क्षमता सामिल छ। (एजेन्सीहरुको सहयोगमा)







डिसी नेपाल







Facebook Comment