बिहेको पार्टीमा चट्याङ पर्दा १७ जनाको मृत्यु

डिसी नेपाल
२१ साउन २०७८ ८:४९
772
Shares

काठमाडौं। बंगलादेशमा एउटा बिहे समारोहमा चट्याङ पर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घटना बंगलादेशको चपैनवाबगंज जिल्लाको शिवगंजमा भएको हो । यहाँ नदीमा तैरिरहेका डुंगामा एक व्यक्तिको बिहे समारोह चलिरहेको थियो । पार्टीमा सयौं मानिस सहभागी भएका थिए । अचानक मौसम खराब भएर पानी पर्न थालेपछि नदी किनारतर्फ जाने क्रममा अचानक भीडमा चट्याङ परेको हो ।

समाचार एजेन्सी रोटर्सका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । दुर्घटनामा बेहुला पनि घाइते भएका छन् । दुर्घटनाको बेला बेहुली भने पार्टीस्थलमा थिइनन् । एक अधिकारीका अनुसार त्यहाँ केही सेकेण्डभित्रै कैयौं चट्याङ परेका थिए । बंगलादेशमा चट्याङका कारण हरेक वर्ष सयौं मानिस मारिन्छन् । गएको मे महिनामा मात्रै बंगलादेशका फरक फरक ठाउँमा चट्याङका कारण एकै दिन ८२ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *