लागूपदार्थ किन्नका लागि आफ्ना ८ जना छोराछोरी बेचिदिने आमा पक्राउ

डिसी नेपाल
२१ साउन २०७८ १४:२३
800
Shares

काठमाडौं। लागूऔषधको लतले मानिसहरुलाई निकै गम्भीर अपराध गर्ने बनाउँछ । लागूऔषधको लतका कारण आफ्नै छोराछोरीलाई बेचिदिने एक आमालाई प्रहरीले पक्राउ गरेको छ । यी आमाले लागूऔषध किन्नको लागि पैसा जुटाउन आफ्ना १० जनामध्ये ८ जना छोराछोरी बेचिदिएकी थिइन् । ब्राजिलको रियो द जेनेरियो सहरको साओ पेद्रो दा अल्देइयाकी मारिल्जा मेदेइरोस दा कोन्सिकाओलाई पक्राउ गरिएको हो ।

उनलाई मंगलबार पक्राउ गरेर हिरासतमा राखिएको छ । स्थानीय मिडिया आउटलेट मेट्रोपोलेसका अनुसार गएको अप्रिलमा उनले आफ्नी डेढ वर्षकी छोरीलाई बेचेपछि पुलिसले उनको यो अपराधबारे जानकारी पाएको थियो । ती बालिकालाई रागियाओ दोस लागोस क्षेत्रको साक्वारेमा सहरको एक परिवारलाई मात्रै २ सय रियल (४६ सय रुपैयाँ) मा बेचिएको थियो ।

पक्राउ परेपछि उनले अधिकारीहरुलाई दिएको बयानमा आफूले यो पैसा ड्रग्सको लागि खर्च गरेको बताएकी छिन् । अधिकारीहरुले उनले प्रयोग गर्ने ड्रग्स नारकोटिक्स अन्तर्गत पर्ने बताएका छन् । अधिकारीहरुका अनुसार यी महिलाका १० छोराछोरी थिए । तीमध्ये एउटा छोरा मात्र आफ्ना पितासँग बसिरहेका छन् । महिलासँग पनि एउटा मात्र बच्चा छन् । अरु सबै बच्चा हराइरहेकोले महिलाले उनीहरुलाई समेत बेचेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । बालिकालाई किन्ने ४२ वर्षकी एलिजाङगेला दा सिल्भा पोचेचोलाई पनि बालबालिकाको व्यापार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *