हिज्बुल्लाहद्वारा इजरेलमा दर्जन रकेट आक्रमण (भिडियो)

डिसी नेपाल
२२ साउन २०७८ १६:३६
7.9k
Shares

तेलअभिभ (एजेन्सी)। चरमपन्थी संगठन हिज्बुल्लाहले इजरेलमा रकेट आक्रमण गरेको छ। लेबनानसँगको सीमाबाट इजरेलमा रकेट आक्रमण भएको इजरेली सेनाले जनाएको छ। आक्रमणको शिया चरमपन्थी संगठन हिज्बुल्लाहले जिम्मेवारीसमेत लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

केही महिना अगाडि प्यालेस्टाइनको गाजाबाट हमास लडाकुले इजरेलमाथि यस्तै प्रकारका रकेट आक्रमण गर्दा मध्यपूर्वमा तनाव बढेको थियो। अन्तर्राष्ट्रिय समूदायको हस्तक्षेपपछि तयतिबेला सो संघर्ष रोकिएको थियो। फेरि लेबनानमा सक्रिय हिज्बुल्लाहले इजरेलमाथि रकेट आक्रमण गर्दा मध्यपूर्वमा तनाव बढ्ने संकेत देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

हिज्बुल्लाहले कम्तिमा १० वटा रकेट इजरेली भूमिमा दागेको इजरेली सेनाले जनाएको छ। तर ती मध्ये धेरैजसो रकेट आइरन डोमले ध्वस्त पारेको र केही खाली जमिनमा खसेको जनाइएको छ। सो रकेट आक्रमणको जवाफ दिने इजरेली सेनाले जनाएको छ। इजरेली प्रधानमन्त्री बेनेटे नेफ्टालीको अफिसले ट्वीट गर्दै यो विषयमा प्रधानमन्त्री र रक्षामन्त्रीबीच वार्ता हुने जनाएको छ।

उता लेबनान सरकारले भने लेबनानको भूमिबाट आक्रमण भएको पुष्टि नभएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *