कविता : प्रतीक्षा

डिसी नेपाल
२३ साउन २०७८ ६:५१
184
Shares

 

एउटा यस्तो ठाउँ
जहाँ,
अभाव
पिर
तड्पन
र केवल दुखाई मात्र छ।

एउटा यस्तो ठाउँ
जहाँ,
यादहरुको अविरल वर्षा
धोकासँगै लटपटिएर आएका
तमाम निर्दयी उपहारहरु

पत्थर जस्ता मन भएका
मान्छेहरुको विशाल जमात मात्र छ ।

एउटा यस्तो ठाउँ
जहाँ,
तिमीजस्तै लाग्ने सयौँ मान्छेहरुलाई
हरेक दिन मौनता पूर्वक हेरिरहेको हुन्छु ।
र हरेक दिन हजारौँ पटक मरेको हुन्छु ।
हजारौँ पटक बाचेको हुन्छु ।

एउटा यस्तो ठाउँ
जहाँ,
तिम्रो अस्मिता माथी प्रहार हुँदा
तिम्रा चिच्याहट् क्रन्दनका आवाजहरु
कसैले सुनेनन्।
तसर्थ,
तिमीले चरम पीडाको रक्ताम्य महासागरमा
डुबुल्की मारिरह्यौ।

एउटा यस्तो ठाउँ
जहाँ,
आँशुको सिरानी
छटपटाहट्को डस्ना
र अभिलाषाको सिरकको साथामा
हरेक रात निदाउने गर्छु ।

प्रिया
म तिमीलाई
दायाँ हातमा सिन्दुर

बायाँ हातमा गुलाव लिएर
वर्षौँदेखि पर्खिरहेछु
भन
कहिले आउँछौ

कुन हात समाउँछौ?

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *