फिल्ममा सुन्दर हिरोइनको कर्णेल पितालाई ‘खडूस’ देखाइएकोमा भारतीय सेना प्रमुख असन्तुष्ट

डिसी नेपाल
२४ साउन २०७८ १२:३८
14.7k
Shares

काठमाडौं। भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणेले फिल्ममा देखाइने अवकाशप्राप्त सैनिक अधिकारीको छविप्रति असन्तुष्टि जनाएका छन् । शनिबार फिल्म एण्ड टेलिभिजन एन्स्टिच्युट अफ इण्डिया (एफटिआइआइ)को टेलिभिजन विंगको स्वर्ण जयन्तिको उद्घाटन कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूले सबै फिल्ममा भारतीय सैन्य अधिकारीको ‘घिसा–पिटा’ रुप देखेको बताउँदै भने ‘भारतीय फिल्ममा सुन्दर हिरोइनको कर्णेल पितालाई सधैं ‘खडूस’ नै देखाइन्छ जसले सिल्कको गाउन लगाउँछ । हातमा ह्वीस्कीको बोतल र अर्को हातमा बन्दूक हुन्छ । यसले साँच्चै मलाई तनाव दिन्छ । सृजनात्मक स्वतन्त्रताको म सम्मान गर्छु तर मलाई लाग्छ कि यस्तो थोत्रो तरिकाले कुनै समुदाय र पात्रलाई देखाउनबाट बच्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *