फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा ढुंगाले हानेर प्रधानमन्त्रीको टाउको फुटाइयो

डिसी नेपाल
२४ साउन २०७८ १४:०२
25.0k
Shares

काठमाडौं। देशका फ्रन्टलाइनरहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा प्रधानमन्त्रीलाई प्रदर्शनकारीहरुले ढुंगाले हानेर टाउको फुटाइदिएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको छ । खोप अनिवार्य गर्ने गरी ल्याउन लागिएको कानुनकै विरोधमा भइरहेको प्रदर्शनमा प्रधानमन्त्री घाइते भएका हुन् ।

७४ वर्षका प्रधानमन्त्री राल्फ गोन्जालवेज किंग्सटाउनस्थित संसद भवनमा जम्मा भएको एउटा भीडनजिकैबाट जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । उनलाई ततकाल अस्पताल लगिएको थियो । आक्रमण गर्ने भीडले सरकारले फ्रन्टलाइनरलाई अनिवार्य खोप लगाउनै पर्नेगरी ल्याउन लागेको कानुनको विरोध गर्दै थिए ।

सेन्ट भिन्सेन्टका अर्थमन्त्री क्यामिलो गोन्जालवेजले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई एमआरआइ स्क्यानका लागि बारबाडोस लगिएको बताएको ट्रिनिडाड एण्ड टोबागो न्यूजडेले जनाएको छ । प्रधानमन्त्री आक्रमणपछिको पूरै रात अस्पतालमा अब्जर्भेसनमा रहेको र उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *