मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह
टोकियो । देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।
चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, “आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ ।
यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment