मलेसियाबाट साउदीको मक्का जान यो हदसम्मको मूर्खता ! घटना सुन्नेहरु सबै चकित
काठमाडौं। इस्लाम धर्मावलम्बीहरुका लागि साउदी अरेबियामा रहेका पवित्र स्थलहरु मक्का र मदिना जानु निकै ठूलो सपना हुने गर्छ । मुस्लिमहरु यी पवित्र स्थलमा आफ्नो क्षमताले सकेसम्म जाने प्रयास गर्छन् । तर, एक युवकले मक्का जानको लागि जे गरे त्यो थाहा पाउँदा मानिसहरु तीनछक परेका छन् । यी युवकले मलेसियाबाट साउदी अरेबियाको मक्कासम्मको दूरी समुद्री मार्गबाट पार गर्ने प्रयास गरे । तर, यसका लागि उनीसँग कुनै साधन थिएन । उनी एक्लै समुद्रमापौडिँदै मक्का जाने प्रयासमा थिए ।
पानीमा हाम्फालेर मक्का जान भन्दै पौडिँदै अगाडि बढिरहेका यी युवकलाई पुलिसले नियन्त्रणमा लिएको छ । ७ हजार किलोमिटरको दूरी एक्लै पौडिएर पार गर्छु भन्दै यी २८ वर्षीय युवक समुद्रमा हाम्फालेको जानकारी पाएपछि पुलिसले उनलाई उद्धार गरेर बाहिर निकालेको थियो । यी व्यक्ति मलेसियाकै नागरिक हुन् ।

मलेसियाको मिडिया न्यू स्ट्रेटस टाइम्सका अनुसार यी व्यक्तिलाई जाँचको लागि मानसिक अस्पताल लगिएको छ । मलेसियामा सामाजिक संजालमा यो घटनाका तस्वीर र भिडियो भाइरल भएका छन् । पुलिसका अनुसार युवकलाई अस्पताल लैजानुअघि हिरासतमा लिइएको छ किनकि उनले आफू मक्कासम्म पौडिएरै जान लागेको बताएका थिए ।
यी युवकले तीन हप्ताभित्रै यस्तो प्रयास गरेको यो दोस्रो पटक हो । यी युवक मक्कासम्म पौडिएरै किन जान चाहन्थे भन्ने स्पष्ट हुन सकेको छैन । पुलिसका अनुसार यी युवकको ड्रग टेस्ट पनि गरिएको थियो तर उनले कुनै लागूऔषध सेवन नगरेको पाइयो । यी युवकले गएको जुलाइ १२ मा पनि यही ठाउँबाट समुद्रमा हाम्फालेका थिए । अर्को जिल्लामा साथी भेट्न जान अनुमति नपाएपछि उनी समुद्रबाटै जान्छु भन्दै हाम्फालेका थिए ।







डिसी नेपाल







Facebook Comment