यौन संग्रहालयको फोटो शेयर गर्दा मोडललाई जेल सजायको खतरा, कस्तो थियो फोटो ?
काठमाडौं। एक इन्स्टाग्राम मोडलले नेदरल्याण्डको एम्सटर्डमस्थित यौन संग्रहालयमा खिचिएको आफ्नो फोटो शेयर गर्दा जेल जानुपर्ने खतरा बढेको छ । टर्कीकी यी मोडललाई आफ्नो देशको कानुनअनुसार मुद्दा चलाइएको छ । यी मोडलमाथि टर्कीको अश्लीलता कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
२३ वर्षकी यी मोडल मेर्वे तास्किनले बीबीसीसँग कुरा गर्दै एक वर्ष पहिले एम्सटर्डमको विश्व प्रसिद्ध यौन संग्रहालयमा खिचिएको तस्वीर सामाजिक संजालमा शेयर गरेपछि उनले टर्कीमा अश्लीलता कानुन अन्तर्गत मुद्दाको सामना गर्नु परिरहेको बताइन् । उनका अनुसार उनी आफ्नो २२ औं जन्मदिनमा केही साथीहरुसँग यो संग्रहालयमा गएकी थिइन् । उनले त्यहाँ राखिएका चित्र र मूर्तिहरुको अगाडि केही तस्वीर खिचेकी थिइन् ।
View this post on Instagram
उनले आफ्नो उद्देश्य केवल मानिसहरुलाई हँसाउनु भएको बताउँदै टर्कीका अधिकारीहरुलाई भने यो मन नपरेको र घर फर्किएपछि आफूलाई गिरफ्तार गरिएको बताइन् । टर्कीमा यो कानुनअनुसार दोषी ठहरिएमा उनलाई ३ वर्षसम्म जेल सजाय हुन सक्छ । मोडलले नेदरल्याण्डको पारुल अखबारसँग कुरा गर्दै भनिन् ‘म एम्सटर्डमको यौन संग्रहालयमा साझा गरिएको एक तस्वीरको लागि जेल जान चाहन्न ।’







डिसी नेपाल







Facebook Comment