बससहित कैयौं गाडीहरु पहिरोले पुर्दा ४० भन्दा धेरै यात्रु पुरिए, ६ जनाको उद्धार
काठमाडौं। भारतको हिमाचल प्रदेशको किन्नौरमा पहिरोले एउटा बस र केही अन्य गाडीहरु पुरिएका छन् । किन्नोरबाट हरिद्वार जाने राष्ट्रिय राजमार्ग ५ मा ज्युरी रोडको निगोसारी र चौराको बीचमा अचानक पहाडमा पहिरो गएको थियो । एउटा बस र अन्य केही गाडीहरुमा चट्टान र माटो खसेको बताइएको छ । रिपोर्टका अनुसार ४० भन्दा धेरै यात्रु पहिरोमा फसेका छन् । फसेकामध्ये ६ जनाको उद्धार गरिएको छ ।
रिपोर्टका अनुसार स्थानीय प्रशासन, पुलिस र एनडीआरएफका टिमले उद्धार गरिरहेका छन् । उद्धारका लागि आइटीबीपीका जवानलाई पनि बोलाइएको छ । पहिरोमा पुरिएको बस हरियाणा रोडवेजको हो । यो बस मुरंगबाट हरिद्वार जाँदै थियो । यसअघि २५ जुलाइमा पनि चट्टानी पहिरोले बस्पा नदीको पुल भाँचिएको थियो । यो दुर्घटनामा ९ जना पर्यटकको मृत्यु भएको छ ।







डिसी नेपाल







Facebook Comment