इतिहासकै सबैभन्दा ठूलो परिमाणमा क्रिप्टोकरेन्सी चोरी गर्ने ह्याकर पैसा फिर्ता गर्न तयार

डिसी नेपाल
२८ साउन २०७८ १२:०९
3.5k
Shares

काठमाडौं। इतिहासमै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी गर्ने ह्याकरहरुले चोरी गरेको पैसा फिर्ता गर्न तयार भएका छन् । यी ह्याकरले हिजो मात्रै ६०० मिलियन डलर (७१ अर्ब रुपैयाँ) भन्दा बढी मूल्यको एथिरियम र अन्य क्रिप्टोकरेन्सी चोरी गरेका थिए । यी ह्याकरहरुले ब्लकचेनमा आधारित प्लेटफर्म पोली नेटवर्कलाई ब्रीच गरेर यति ठूलो रकम चोरी गरेका थिए ।

अब भने ती ह्याकरहरु पैसा फिर्ता गर्न तयार भएका छन् । यसको लागि ह्याकरहरुले टोकन फिर्ता समेत गरेका छन् जसलाई उनीहरुले आत्मसमर्थण गर्न खोजेको इशाराको रुपमा लिइएको छ । यसका अलावा उनीहरुले पैसा पनि फिर्ता गर्न थालेका छन् । सीएनबीसीका अनुसार उनीहरुले चोरी गरेकोमध्ये झण्डै आधा रकम फिर्ता गरिसकेका छन् ।

यी ह्याकरहरुलाई अचानक के भयो र उनीहरु क्रिप्टोकरेन्सी फिर्ता गर्न तयार भए भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन । पक्राउ पर्ने डरले उनीहरुले यसरी पैसा फिर्ता दिएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार स्लोमिस्ट र अन्य सुरक्षा अनुसन्धानकर्ताहरुले ह्याकरहरुको इमेल, आइपी एड्रेस, उनीहरुले ह्याक गरेको चिनियाँ क्रिप्टोकरेन्सी एक्सचेन्जलाई ट्रयाक गरेका थिए । सम्भवतः यही कारण आपराधिक केसबाट बच्न उनीहरु पैसा फिर्ता गर्न तयार भएको मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *