५० जनाभन्दा धेरै पुरिएको पहिरोबाट १३ शव निकालिए, तस्वीरमा हेर्नुहोस् उद्धार अभियान
काठमाडौं। भारतको हिमाचल प्रदेशको किन्नोरमा बस, कारसहित कैयौं गाडीमा रहेका ५० जनाभन्दा धेरैलाई पुर्ने गरी आएको पहिरोमा उद्धार कार्य जारी छ । शिमला किन्नौर नेशनल हाइवे ५ मा पहिरोबाट २४ घण्टामा कूल १३ शव निकालिएका छन् । १३ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरोमा अझै २५ जना पुरिएको आशंका गरिएको छ । स्थानीय प्रशासन, पुलिस र एनडिआरएफका जवान उद्धारमा जुटेका छन् । आइटिबीपीका जवानलाई पनि बोलाइएको छ ।
पहिरोमा पुरिएको बस हिमाचल रोडवेजको हो जो मुरंगबाट हरिद्वार जाँदै थियो । बससहित एउटा ट्रक, एउटा बोलेरो जीप र ३ वटा ट्याक्सी पहिरोमा पुरिएका छन् । हिमाचल प्रदेश सरकारले उद्धारको लागि हरियाणा र उत्तराखण्ड सरकारसँग हेलिकप्टर मागेको छ । सेनाले पनि २ वटा हेलिकप्टर पठाएको छ । दुर्घटनामा बसका ड्राइभर गुलाब सिंह र कण्डक्टर महेन्द्र पाल भने सुरक्षित बचेका छन् । उनीहरु सडकमा पहिल्यै चट्टान खसेको देखेपछि बसबाट बाहिर निस्केका थिए । उनीहरु बाहिर निस्किनासाथ पहिरोले बस पुरियो, उनीहरुले भागेर ज्यान बचाए ।
कण्डक्टर महेन्द्र पालका अनुसार बसमा २५ जना यात्रु थिए । उनले भने ‘बसमा करिब २५ यात्रु थिए । हामी निगुलसेरी पुग्दा सडकमा पहाडबाट चट्टानहरु खसिरहेको देख्यौं । हामीले बसलाई १०० मिटर पछाडि नै रोक्यौं । त्यही ठाउँमा ट्रक, कारसमेत अरु गाडीहरु पनि रोके । त्यही बेला अचानक पहिरो यी सबै गाडीहरुमाथि खस्यो ।’ ड्राइभर गुलाब सिंह अनुसार चट्टान खसेको देखेपछि बस त्यहाँबाट अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने जाँच गर्न उनी र कण्डक्टर बसबाट ओर्लेर पैदल नै अगाडि गएका थिए । तर, उनीहरु केही अगाडि पुग्नासाथ अचानक पहिरोले बस नै पुरिदियो ।















No ads found for this position

डिसी नेपाल
Facebook Comment