नर्सले ८ हजार ६ सय वृद्धवृद्धालदाई कोरोना खोप भनेर स्लाइन पानी लगाइदिएको खुलासा

डिसी नेपाल
२८ साउन २०७८ १५:१६
33.6k
Shares

काठमाडौं। भ्याक्सिन विरोधी एक नर्सले ८ हजार ६ सय जना वृद्धवृद्धालाई कोरोनाको खोप भनेर स्लाइन पानी भरेर सुई लगाइदिएको खुलासा भएको छ । अब ती बिरामीहरुलाई खोपको अर्को डोज लगाउन भनिएको छ । जर्मनीको फ्रिसल्याण्ड जिल्लाको एक खोप केन्द्रमा कार्यरत रेडक्रसकी ती नर्सले बिरामीहरुलाई वास्तविक कोभिड खोप लगाइदिनुपर्नेमा स्लाइन पानीको घोल मात्र लगाइदिएको आशंका गरिएको द सनको रिपोर्टमा जनाइएको छ ।

स्थानीय अधिकारीहरुले मंगलबार यसबाट करिब ८ हजार ६ सय स्थानीय प्रभावित भएको हुन सक्ने जानकारी दिएपछि स्थानीय काउन्सिलर स्भेल एम्ब्रोसीले फेसबुकमा आफूलाई नराम्रो झट्का लागेको लेखेका छन् । उनले करिब ८ हजार ६ सय जनाले भ्याक्सिनको सट्टामा स्लाइन पानी मात्रै पाएको जानकारी दिनुपर्दा आफूलाई दुःख लागेको बताउँदै ती सबैलाई खोपको अर्को डोज लगाउन भनेका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ती नर्स खोप केन्द्रमा खोपका भाइलहरु बदल्न सक्षम थिइन् किनकि त्यहाँ कार्यरत हुँदा आफ्नो ड्युटीको समयमा ती नर्स नै खोप दिने तयारी र सिरिन्जको तयारीका लागि जिम्मेवारी प्राप्त स्वास्थ्यकर्मी थिइन् । यसरी सुईबाट स्लाइन पानी दिइँदा यसले कुनै नकारात्मक असर त गर्दैन तर खोप पाएको भनिएका ती वृद्धवृद्धाहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा हुनेछन् ।

पुलिस अनुसन्धान अधिकारी पिटर बियरले एक पत्रकार सम्मेलनमा बोल्दै प्राप्त साक्षी र प्रमाणका आधारमा ‘खतराको शंका गर्न सकिने बलियो आधार’ भएको बताएका छन् । यी नर्सले यसरी खोप किन बदलिन् भन्ने स्पष्ट छैन तर प्रारम्भिक जाँचमा उनले यसअघि सामाजिक संजालमा भ्याक्सिनको विरुद्ध अभिव्यक्ति दिएको पाइएको छ । ती नर्सको पहिचान खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *