कविता : संयम र समझदारी
मान्छेलाई छुन डर भएको छ आज
रोग सर्छ रे गएदेखि भिडभाड माझ
कसले यो स्थिति ल्यायो
संसारलाई जितेर मान्छेले के पायो??
बिर्सिएको थियो मान्छेले आफूलाई
भ्रममा थियो गरेको छु भनि संसारलाई रजाइँ
खोइ त्यो अभिमानले आज के पायो
मान्छेसंग नै भाग्न पर्ने दिन आज आयो।
खानपान रहन सहनमा परिवर्तन ल्याउँ
यो महामारीलाई हातेमालो गरि भगाउँ
कुरिति अन्धविश्वासमा भरपर्ने दिन गयो
आफ्नै बस्तीमा आज डराएर हिंड्न पर्ने भयो
संयम र समझदारीले समस्यासँग लडौं
महामारीलाई जिति मानवताको झण्डा गाडौं
जागौं है सबै अव पूर्वमा उज्यालो भयो
आत्तिएर रुने कराउने दिन अब गयो।।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment