अमेरिकाले काबुलको दूतावास खाली गर्न सुरु गर्यो
काठमाडौं। तालिबानीले अफगानिस्तानको पूर्वी प्रमुख सहर जलालाबादमा कुनै लडाइबिना कब्जा गरेपछि अमेरिकाले राजधानी काबुलस्थित दुतावास खाली गर्न सुरु गरेको छ । जलालाबाद राजधानी काबुलबाहेक तालिबानीले कब्जा गर्न बाँकी एकमात्र प्रमुख सहर थियो । अब केन्द्रीय सरकारको काबुलसहित थोरै क्षेत्रमा मात्र नियन्त्रण बाँकी छ ।
अमेरिकाले राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञहरुलाई बाहिर निकाल्न थालेको छ । साथमा उसले काबुल विमानस्थल र दूतावासको सुरक्षाको लागि थप सैनिक पठाउँदैछ । केही दिनमै तालिबानीहरु काबुलको ढोकामै पुगेपछि अमेरिकाले यस्तो कदम चालेको हो । गत हप्ता मात्र अमेरिकी इन्टेलिजेन्सले काबुलमा अझै ३ महिनासम्म केन्द्र सरकारकै नियन्त्रण रहने अनुमान गरेको थियो ।
‘हाम्रा मानिसहरुको सानो टिम मात्रै यहाँ छाड्दैछौं र धेरैजसो स्टाफहरु यहाँबाट बाहिरिनको लागि तयारी अवस्थामा छन्’ एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग आइतबार भने ‘दुतावासको काम भने जारी रहनेछ ।’ जलालाबादमा नियन्त्रण भएसँगै पाकिस्तानको पेशावर सहर जोड्ने प्रमुख हाइवे पनि तालिबानीको नियन्त्रणमा पुगेको छ र अफगानिस्तान भूपरिवेष्ठित भएकोले यो नियन्त्रणले तालिबानीलाई निकै बलियो बनाउनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment