काबुलका भित्ताबाट महिलाका तस्वीर हटाउन थालियो
काठमाडौं । अफ्गानिस्तानको राजधानी काबुलमा रहेका भवन तथा पर्खालको भित्ताबाट महिला मोडलका तस्वीर हटाउन थालिएको छ ।
अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाले आइतबार आफ्नो ट्वीटरमा शेयर गरेको तस्वीरमा एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्बिरलाई रंग लगाएर हटाइरहेको देख्न सकिन्छ ।
अफगानिस्तानमा हिंसा मच्चाइरहेको बिद्रोही तालीबानी समूह अहिले काबुल भित्रिएको छ । काबुलमा तालिबानीलाई शान्तीपूर्वक सत्ता हस्तान्तरण गर्न अहिले वार्ता चलिरहेको छ ।

२००२ अघि काबुलबाट तालिबानले पुरै अफगानिस्तानको सत्ता हाँकेको थियो । यतिबेला अफगानिस्तानमा सरिया कानून लागु थियो । जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैनथिए, महिलाहरुले बुर्कामा मुख छोप्नुपर्थ्यो ।
रिपोर्टअनुसार अहिले तालिबानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै, केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ । उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ ।







डिसी नेपाल







Facebook Comment