मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिए, देशकै सबैभन्दा छोटो कार्यकालका प्रधानमन्त्री बने

डिसी नेपाल
३२ साउन २०७८ १३:१६
8.5k
Shares

काठमाडौं। मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। संसदमा बहुमत गुमाएका उनले आफूले बहुमत गुमाएको स्वीकार गर्दै पदबाट राजीनामा दिएका हुन् । यससँगै उनी कार्यभार सम्हालेको १८ महिनामा पदबाट बाहिरिँदै मलेसियाको इतिहासमै सबैभन्दा धक समय कार्यकाल भएका प्रधानमन्त्री बनेका छन् ।

सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको सामाजिक संजाल इन्स्टाग्राममार्फत जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ। उनले राजीनामा दिएसँगै अबको प्रधानमन्त्री को हुने भन्ने स्पष्ट छैन । अहिलेसम्म कसैले पनि प्रधानमन्त्रीको लागि औपचारिक रुपमा दावी गरेका छैनन् ।

गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए। २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए। तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई राजीनामा दिन दबाब आइरहेको थियो। उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *