काबुलमा रहेका नेपालीको विषयले क्यानडाका प्रधानमन्त्रीको चर्को आलोचना

डिसी नेपाल
३२ साउन २०७८ १६:०९
110.2k
Shares

काठमाडौं। अफगानिस्तानमा रहेका नेपालीको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको चर्को आलोचना भएको छ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण गरेसँगै क्यानडाले अफगानिस्तानस्थित आफ्नो दूतावासको सबै कामकाज बन्द गरेको छ । तर, दूतावासको सुरक्षामा खटिएका पूर्व गोर्खाली सुरक्षाकर्मीलाई बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो ।

काबुलस्थित क्यानडाको दुतावासको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनिक खटिएका छन् । तालिबानले काबुलमा नियन्त्रण गरेसँगै क्यानडाले आइतबारदेखि दूतावास बन्द गरेको र सबै कामकाज स्थगित गरेको क्यानडाको मिडिया सीबीसीले जनाएको छ । उसले त्यहाँ दूतावासमा कार्यरत आफ्नो देशका कर्मचारीलाई तत्काल काबुलबाट निकालेर आफ्नो देश लैजाने तयारी गरिसकेको छ । तर, काबुलबाट निकालिने सूचीमा पूर्व गोर्खालीहरुलाई नराखिएको भन्दै क्यानडाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आक्रोश पोखेका छन् ।

उनले लेखेका छन् ‘क्यानडाली दुतावासमा कार्यरत १०० नेपाली गोर्खालीहरु र पूर्व कर्मचारीहरु त्यहाँबाट निकालिने व्यक्तिहरुको सूचीमा नपरेको थाहा पाउँदा चिन्तित भएको छु । क्यानडाले उनीहरुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नै पर्छ । जोखिममा परेकाहरुलाई बाहिर निकाल्नेतर्फ ध्यान केन्द्रित गर्नुको सट्टा आज जस्टिन ट्रुडोले देशमा चुनाब घोषणा गरेका छन् ।’ सेन्ट जोन्स इस्टबाट क्यानडाको प्रतिनिधिसभा हाउस अफ कमन्सका सदस्य रहेका ह्यारिस त्यहाँको विपक्षी दलको छायाँ सरकारका रक्षा मन्त्री हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *