‘अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत’
बर्लिन । अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताएका छन् ।
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भने, “अन्तरराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ ।”
“यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ ।”
सेप्टेम्बरको निर्वाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाशेटले भने, “जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ ।”
उनले भने–तर हामी यस उद्धार मिशनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौं । जर्मनीमा, हाम्रा सहयोगी र अन्तरराष्ट्रिय समुदायमा गल्तीहरूबारे विश्लेषण गर्न कुनै रोक लगाइएको छैन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment