४ वटा कार र एउटा हेलिकप्टरभरी पैसा लिएर भागेका थिए अफगानी राष्ट्रपति गनी

डिसी नेपाल
१ भदौ २०७८ १४:३६
14.2k
Shares

काठमाडौं। अफगानिस्तान छाडेर भागेका अपदस्त राष्ट्रपति अशरफ गनीले भाग्ने बेलामा काबुलबाट ४ वटा कार र एउटा हेलिकप्टरभरी पैसा लिएर भागेको दावी गरिएको छ । अफगानिस्तानको काबुलस्थित रुसी दूतावासले सोमबार यस्तो दावी गरेको हो । सोमबार रुसको समाचार एजेन्सी आरआइएले आफ्नो दूतावासको हवाला दिँदै भाग्ने बेला अफगानी राष्ट्रपतिले भारी मात्रामा नगद बोकेर भागेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

राष्ट्रपति गनीसँग रकम यति धेरै थियो कि केही रकम हेलिकप्टरमा नअटाएपछि त्यो नगद विमानस्थलमै छोडिएको थियो । तालिबानले पनि काबुल एयरपोर्नमा ठूलो मात्रामा नगद फेला पारेको बताएको छ । राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छोडेका थिए । उनीहरुको साथमा उनीहरुका निकै नजिकका मानिसहरु पनि थिए । उनीहरु कुन जहाजबाट भागे भन्ने अहिलेसम्म स्पष्ट छैन । उनहिरु अहिले कहाँ छन् भन्ने पनि अहिलेसम्म थाहा हुन सकेको छैन ।

केही मिडिया रिपोर्टमा गनी ताजकिस्तानमा भएको दावी गरिएको छ । केहीले उनी उज्वेकिस्तानमा भएको भनेका छन् भने केहीले उनी अमेरिका गएको भनेका छन् । आइतबार राती एक फेसबुक पोस्टमा गनीले आफू अफगानिस्तानमै बसेको भए त्यहाँ रक्तपात हुन सक्ने भएकोले आफूले देश छाड्नु उचित ठानेको बताएका थिए । उनले तालिबानसँग देशमा शान्ति बहालीको लागि काम गर्न अपिल पनि गरेका थिए ।

रुसले सोमबार एक बयान जारी गर्दै काबुलमा आफ्नो दूतावास बन्द नगर्ने बताएको छ । रुसले तालिबानी सरकारलाई मान्यता दिन हतार नगर्ने बताउँदै तालिबानसँग सम्बन्ध बनाउने कोसिस गर्ने बताएको छ । रुसले तालिबानीको व्यवहार र काम हेरेपछि निर्णय गर्ने बताएको छ । काबुलमा रुसी दुतावासका प्रवक्ता निकिता आइचेन्कोले भने ‘गनीले काबुल छोडेका छन् । ४ कार र एक हेलिकप्टरमा नगद राखिएको थियो । यो यति धेरै थियो कि हेलिकप्टरमा अटाइरहेको थिएन त्यसैले केही नगर त्यहीँ छोडियो ।’ उनले रोयटर्ससँग पनि आफूलाई प्रत्यक्षदर्शीले यो जानकारी दिएको पुष्टि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *