भागेका अफगानी राष्ट्रपतिको ३२ वर्ष पुरानो लेखमा के थियो ? किन अहिले भाइरल भइरहेछ ?

डिसी नेपाल
२ भदौ २०७८ १०:३८
17.6k
Shares

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा समेत तालिबानले कब्जा गरेपछि अफगानी राष्ट्रपति अशरफ गनी १५ अगष्टमा देश छाडेर भागे । उनले आफ्नो साथमा कार र हेलिकप्टरमा भरेर नगद समेत लिएर गएको दावी गरिएको छ । उनी ताजिकिस्तान गएको र त्यहाँबाट अब अमेरिका जान लागेको बताइएको छ । यही बीचमा अशरफ गनीले ३२ वर्ष पहिले लेखेको एउटा लेख सामाजिक संजालमा भाइरल भइरहेको छ ।

गनीको यो लेख १५ फेब्रुअरी १९८९ मा अमेरिकाको चर्चित अखबार लस एन्जल्स टाइम्समा प्रकाशित भएको थियो । त्यतिबेला पूर्व सोभियत संघले अमेरिका र पाकिस्तान समर्थित मुजाहिदीनहरुसँग हारेपछि अफगानिस्तान छोड्नुपरेको थियो । गनी त्यतिबेला अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीमा मानव शास्त्रका सहायक प्राध्यापक थिए ।

गनीको लेखको शीर्षक थियो ‘सोभियत संघले अफगानिस्तान छोड्यो । काबुलमा अब कठपुतली सरकारको पतन भयो ।’ यो लेख्ने समयमा उनले शायदै सोचेका होलान् कि कुनै दिन उनी आफू पनि यही स्थितिमा आउनेछन् र अफगानिस्तान छोडेर भाग्नुपर्नेछ । गनीको यो लेखको कटिङ मानिसहरुले अहिले सामाजिक संजालमा शेयर गर्दै लेखिरहेका छन् ‘इतिहासले आफूलाई दोहोर्याउँछ ।’

त्यतिबेला अमेरिकामा जर्ज डब्लु बुश सिनियर राष्ट्रपति थिए । गनीले लेखका बुश प्रशासनले नै अमेरिकामा लोकतन्त्रको स्थापना गर्न सक्छ भनेर लेखेका थिए । संयोगले पछि अफगानिस्तानमा २० वर्ष लामो सैन्य कारवाहीको छोरा उनै बुशका छोरा जर्ज डब्लु बुश जुनियरले गरेका थिए । उनले अफगानिस्तानमा आर्थिक मजबुतीको साथमा स्वतन्त्र रुपले चुनिएको सरकार सत्तामा आउनु जरुरी भएको बताउँदै अफगानिस्तानका जनताको बीचमा जनमत संग्रह गराउन माग गरेका थिए ।

गनीले लेखमा इरान र पाकिस्तान मिलेर अफगानिस्तानलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाउँदै यसलाई अमेरिकाको सहयोगबाट मात्र रोक्न सकिने बताएका थिए । अफगानिस्तानका जनताले अमेरिकाले आफ्नो राजनीतिमा हस्तक्षेप गरोस् भन्ने नचाहने तर उनीहरुले आफूहरुलाई आफ्नो नेता छान्न अमेरिकाले सहयोग गरोस् भन्ने चाहने उनले बताएका थिए । उनले अमेरिकाले पाकिस्तानलाई अमेरिकाले सहयोग गर्न नहुने पनि बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *