भागेका अफगानी पूर्वराष्ट्रपतिलाई युएइले शरण दियो

डिसी नेपाल
३ भदौ २०७८ १०:५७
1.5k
Shares

काठमाडौं। काबुलमा तालिबानको नियन्त्रणपछि देश छाडेर भागेका पूर्वराष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स पुगेका छन् । युएइको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफ्नो देशले ‘मानवीय आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको’ बताएका छन् ।

अशरफ गनी गएको आइतबार काबुलमा तालिबानको नियन्त्रण भएपछि देश छाडेर भागेका थिए । अमेरिकाले राष्ट्रपति गनीको यसरी बीचमै भाग्ने कदमको कडा आलोचना गरेको थियो । अमेरिकाले अफगान सरकारले सही कदम चालेको भए काबुलमा तालिबानको यसरी नियन्त्रण हुँदैनथ्यो भनेको छ ।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले दावी गरेअनुसार आइतबार अशरफ गनीले काबुल छाड्दा उनले आफ्नो साथमा करिब १६.९ करोड डलर लिएर गएका थिए । उनले राष्ट्रपतिको रुपमा अशरफ गनीको लडाइँलाई आफ्नो जमिन र आफ्ना जनताको साथमा विश्वासघात भनेका छन् ।

ताजिकिस्तानको राजधानी दुसान्बेमा अफगान दुतावासमा पत्रकार सम्मेलनमा उनले दूतावासले पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपतिको रुपमा मान्यता दिने विषयमा विचार गरिरहेको बताए । गनी अफगानिस्तान छाडेर हिँडेपछि सुरुमा उनी ताजिकिस्तान भागेको भनिएको थियो । पछि अल जजीराले उनी आफ्नी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तानको राजधानी तास्कन्द गएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *