चिहान खनेर १४ वर्षकी किशोरीको लाशको बलात्कार, आरोपीलाई प्रहरीले गोली हानी मारिदिए

डिसी नेपाल
४ भदौ २०७८ १५:५२
15.2k
Shares

काठमाडौं। चिहानमा गाडिएको १४ वर्षकी किशोरीको लाश चिहान खनेर बाहिर निकालेर बलात्कार गरेको आरोप लागेका आरोपीलाई प्रहरीले गोली हानेर मारिदिएको छ । आइतबार प्रहरीले पत्रकार सम्मेलन गरेर मृतक किशोरीका अभिभावकले बलात्कारी भनी दावी गरेको व्यक्तिलाई दोहोरो भिडन्तमा गोली हानी मारिएको बताएको छ ।

यी व्यक्तिमाथि एक दिन अघि पाकिस्तानको सिन्ध प्रान्तको थट्टा जिल्लामा गुलामुल्लाह सहरनजिकैको मौलवी अशरफ चाण्डियो गाउँकी एक किशोरीको भर्खरै चिहानमा गाडिएको ताजा लाश चिहानबाट निकालेर बलात्कार गरेको आरोप थियो । पाकिस्तानी अखबार डनका अनुसार थट्टाका एसएसपी डा. इमरान खानले प्रहरीले पहिले आरोपीलाई समातेको भए पनि उनले भाग्ने प्रयास गर्दै एउटा झाडीपछाडि लुकेर प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले उनलाई गोली हानी मारिदिएको बताएका छन् ।

मृतक आरोपीका अभिभावकले उनको लाश लिन अस्वीकार गरेका छन् । गाउँलेहरुले पनि उनको लाशलाई गाउँमा गाड्न नदिने अडान लिएपछि लाश ईदी एम्बुलेन्स सर्भिसलाई हस्तान्तरण गरिएको एसएसपी खानले बताए । एसएसपीले अब पीडित किशोरीको शरीर र आरोपीको शरीरबाट डिएनएको नमूना लिएर थप जाँच गरिने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *