गीत : खर्च माग्दिन
यस्पालीको तीजको दर आफ्नै घरमा खाने हो
घरै गरि सिंगारपटार, घरमै नाच्ने हो
पर्दैन है स्वामी राजै तीजमा सारी किन्दिन
लुगाफाटो लगाउनलाई, खर्च माग्दिन
बुढी आमा नकुर्नु है तीजमा बाटो हेरेर
तिम्री छोरी सबल भा छे दु ख गरेर
तिम्ले दे को ज्ञान शीप आत्मबल लिएर
बॅाचेकि छु आफ्नो जीवन निडर भएर
तीजको चाड रमाइलो देखासिकी गर्दिन
लवाइ खवाई गर गहना धाकमा पर्दिन
दिदी बहिनी साथीसॅगी घर माइति मिलेर
हांस्ने खेल्ने रमाउने हो दिल खोलेर।।।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment