आवाज दबाउन बच्चाको मुखमा कपडा बाँधेर बाथरुममा लुक्छन् काबुलमा फसेकाहरु

डिसी नेपाल
५ भदौ २०७८ १०:३८
8.8k
Shares

काठमाडौं। काबुलमा फसेका मानिसहरु तालिबानसँग यतिसम्म त्रसित छन् कि सडकमा कुनै गाडी देखिनासाथ उनीहरु बाथरुमभित्र लुक्छन् । घरको बत्ती र मोवाइल फोन बन्द गरेर उनीहरु आफूलाई बाथरुममा कैद गर्छन् । बच्चाहरुको आवाज नसुनियोस भनेर उनीहरुको मुखमा कपडा बाँधिदिन्छन् ।

काबुलमा फसेको एक परिवारले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यहाँको हालत बताएका हुन् । यो परिवारका २ सदस्यलाई गत वर्ष तालिबानले मारिदिएका थिए त्यसैले तालिबानको संकेत पाउनासाथ यो परिवार अत्यन्तै त्रसित हुन्छन् । काबुलमा फसेका यस्ता परिवारको जो आफन्त अन्य देशमा छन् उनीहरु आ–आफ्नो सरकारसँग सहयोगको अपिल गरिरहेका छन् ।

अफगानिस्तानमा तालिबानी शासनको बीच काबुल विमानस्थल अस्तव्यस्त बनेको छ ।सबै देश आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने काममा जुटेका छन् । तर, त्यहाँ फसेका विदेशीहरु काबुल एयरपोर्ट पुग्नै मुस्किल छ किनकि विमानस्थल जाने बाटोमा तालिबानीको पहरा छ । अर्कोतर्फ तालिबानले भने अन्य देशका नागरिकलाई जान दिइरहेको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *