भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

डिसी नेपाल
५ भदौ २०७८ १४:४१
868
Shares

काठमाडाैं । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन्।

जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए।

त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ।

अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।

अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *