ब्यङग्य कविता :चाइनिज जनै

डिसी नेपाल
६ भदौ २०७८ ८:४३
12
Shares

शीरमा लाउने टोपी देखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लाग्यो अब!

हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा’ को
हरे कठै त्यहि पनि चाइना बाटै आ ‘ को!

छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनी।

खुस्स छिर्‍याे पसलमा पैसा तिर्‍याे पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो।

जमना नि कस्ता अाए खाेज्नि छिटो सस्तो
साेच्दैनन् खै किन हाेला हो त्यो सामान कस्तो!

फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाएको जनै

न त धोएको,मन्तरेको,न गरेको केही
पसलबाट किनि लाउदा आज जनै त्यही।

सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ती जनै लाउदा चाइनिज लुतो आउला!

जसरी नि पैसै पार्ने ब्यापारीको धर्म
काे छुट्याउने हरे कठै कर्म र कुकर्म!

के चाँहि बिक्छ नेपालमा अध्यन गरि-गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरी।

राेग देखि भोग सम्मका उसकै सामान सबै
उही फैलाउछ राेग पहिला अनि बेच्छ दबाइ!

शराद लाउला तिथि आउला पण्डित कहांँ पाउला?
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला।

अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रहयो चाइनिज पण्डित बनी।

सँंस्कृतका ती मन्त्रलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहाँ छाडि नाम खाली।

मन्त्र भरेका मोबाइल बोकी पण्डित जस्तै गरी
आउछन् होला चाइनिज पण्डित अब बजार भरी।

जनै उसको चल्ने भए सि चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग -च्याङ्ग चुङ्ग- चुङ्ग भनि।

(कवि पन्त नेपाली साहित्यको पहिलो ब्यङग्यकाब्य “काेइली “का समेत लेखक हुन्)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *