काबुल विमानस्थलमा इस्लामिक स्टेटले आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी

डिसी नेपाल
६ भदौ २०७८ ९:४७
4.3k
Shares

काठमाडौं। काबुल विमानस्थलमा आतंकवादी संगठन इस्लामिक स्टेटले आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी गरिएको छ । अमेरिकाले आफ्ना नागरिकलाई चेतावनी दिँदै काबुल विमानस्थलतर्फ नजान भनेको छ । शनिबार जारी सुरक्षा अलर्डमा अमेरिकी नागरिकलाई ‘ढोकाबाहिर हुने सुरक्षा खतरा’बाट आफूलाई टाढा राख्न भनिएको छ ।

अमेरिकी रक्षा अधिकारीहरुले स्थितिमाथि निगरानी गरिरहेको र अन्य विकल्पको खोजी गरिरहेको बताएका छन् । आइएसको सम्भावित आक्रमणबारे अधिक जानकारी सार्वजनिक गरिएको छैन । आइएसले काबुलमा आक्रमण गर्ने सार्वजनिक धम्की पनि दिएको छैन । एयरपोर्ट टर्मिनलबाहिर जारी अस्तव्यस्तताका बीच शनिबार अमेरिकाले यस्तो अलर्ट जारी गरेको हो ।

एक हप्ता पहिले तालिबानले राजधानी काबुलसहित देशको अधिकांश भागमा कब्जा गरेको थियो । शनिबार एक पत्रकार सम्मेलनमा अमेरिकी रक्षा विभागले अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालिएको बताएको छ । यीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक छन् । अहिले काबुल विमानस्थलको नियन्त्रण अमेरिकी सुरक्षा बलको हातमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *