चर्चामा तालिबानलाई चुनौती दिने अमीरुल्लाह सालेह, लादेन मारिनुमा पनि उनकै हात थियो
काठमाडौं। काबुलमा तालिबानको नियन्त्रण र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेपछि अमीरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेर तालिबानलाई चुनौती दिएका छन् । अमीरुल्लाह शब्दको अर्थ हो ईश्वरको आज्ञा वा अल्लाहको फरमान ।
नामअनुसार नै अमीरुल्लाह सालेह अफगानी जनताको लागि नयाँ आशा बनेर अगाडि आएका छन् । उनी तालिबानसँग संघर्षको लागि फेरि तयार भएका छन् । तालिबानसिवरुद्ध उनको संघर्ष लगभग ३ दशकदेखि जारी छ ।
सालेहको जन्म अक्टोबर १९७२ मा पंजशीरमा ताजिक समुदायमा भएको थियो । उनी सानै उमेरमा अनाथ भएका थिए । सालेह १९९०को दशकको सुरुवातमै सोभियत समर्थित अफगान सेनामा भर्ती हुनबाट बच्नको लागि मुजाहिदीन बलमा सहभागी भएका थिए । पाकिस्तानमा उनको सैन्य प्रशिक्षण भएको थियो।
उनी लामो समयदेखि नर्दर्न अलायन्ससँग सम्बद्ध थिए र तालिबानको विस्तानविरुद्ध उनको संघर्ष जारी रह्यो । अहिले तालिबानले अफगानिस्तानका ३४ मध्ये ३३ प्रान्तमा कब्जा गरिसकेको छ । एकमात्र अविजित प्रान्त पंजशीर घाटीबाट अमीरुल्लाहले फेरि तालिबानलाई चुनौती दिएका छन्।
उनले १७ अगष्टमा एक सन्देश जारी गर्दै अफगानिस्तानको संविधानअनुसार यदि राष्ट्रपति अनुपस्थित रहन्छन् भने वा राजीनामा दिन्छन् भने उपराष्ट्रपति नै कार्यवाहक राष्ट्रपति हुने सन्देश दिएका थिए।
सन्देशमा उनले आफू अहिले पनि आफ्नो देशको लागि डटेर उभिएको र युद्ध अहिले नसकिएको बताएका थिए । अमीरुल्लाहको अफगानिस्तानमा प्रभावलाई यो कुराबाट पनि बुट्टन सकिन्छ कि ताजिकिस्तानको दुसान्वेस्थित अफगानी दूतावासले उनको फोटो कार्यालयमा कार्यवाहक राष्ट्रपतिको रुपमा राखिसकेको छ।
अमीरुल्लाह सालेह सधैं तालिबानको निशानामा रहे । उनीमाथि ज्यान मार्नेगरी आक्रमण भइरहेका छन् । पछिल्लो ठूलो आक्रमण सेप्टेम्बर २०२० मा भएको थियो । त्यतिबेला बम विष्फोटमा उनको आसपास करिब १० जना मारिएका थिए तर उनी बच्न सफल भए।
सालेह सधैं निडर रहन्छन् । एक अन्तरवार्तामा उनले भनेका थिए ‘मैले आफ्नो परिवार र साथीहरुलाई भनिसकेको छु कि यदि आक्रमणमा म मारिएँ भने चिन्ता नगर्नु किनकि मैले पनि कैयौं तालिबानीहरुलाई मारेको छु । मलाई यसमा गर्व छ।’
२००१ मा अल कायदाले अमेरिकामा आतंकवादी आक्रमण गर्याे। यसलगत्तै अमेरिकाले अफगानिस्तानमा आक्रमण गर् याे। त्यतिबेला अमीरुल्लाह अमेरिकी खुफिया एजेन्सी सीआइएका एसेट बने। उनलाई अफगानिस्तानको इन्टेलिजेन्स एजेन्सीको प्रमुख बनाइयो । उनले जानकारी पाएका थिए कि ओसामा बिन लादेन पाकिस्तानको एबटाबाद नजिकै छन्।
२००७–०८ मा पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफ र अफगानी राष्ट्रपति हमीद कारजाइको एक भेटवार्तामा अमीरुल्लाहले लादेन पाकिस्तानमा भएको कुरा भनेपछि मुशर्रफ चिढिएका थिए।
मुशर्रफले टेबलमा हात ठोक्दै भनेका थिए ‘तिमीलाई के म बनाना रिपब्लिकको राष्ट्रपतिजस्तो लाग्छु ?’ कारजाइसँग उनले ‘तिमीले यो जासुसलाई साथमा किन ल्याएको जसले बलाई इन्टेलिजेन्सको पाठ पढाइरहेछ’ भनेका थिए। उनैले अमेरिकालाई लादेन एबटाबादमा भएको सूचना दिएपछि अमेरिकाले लादेनको हत्या गरेको आशंका गरिन्छ।
अमीरुल्लाह सालेहले खुफिया एजेन्सीको प्रमुख पदबाट ६ जुन २०१० मा एक आतंकवादी आक्रमणपछि राजीनामा दिएका थिए। राष्ट्रपति हमिद कारजाइ तालिबानसँग वार्ता गर्ने पक्षधर थिए तर सालेहले यसको विरोध गरेका थिए। उनले तालिबानले वार्ता गर्नु षड्यन्त्र भएको बताएका थिए । २०१०–११ मा सालेहरले तालिबानविरुद्ध निकै ठूलो नागरिक आन्दोलन खडा गरेका थिए।
उनले २० हजार नागरिकको साथ काबुलमा तालिबानविरोधी सबैभन्दा ठूलो र् याली गरे। उनको अफगानिस्तान ग्रिन टे्रन्ड आन्दोलनमा ५० हजार मानिस जोडिएका थिए यसमा आधाभन्दा धेरै विद्यार्थी थिए । पछि अशरफ गनी राष्ट्रपति बन्द सालेहलाई गृहमन्त्री बनाइयो । २०१९ मा उनी देशको पहिलो उपराष्ट्रपति बने।
अमीरुल्लाहले तालिबानलाई घृणा गर्नुको पछाडि उनको निजी अनुभव पनि छ। १९९६ मा तालिबानले उनकी बहिनीको अपहरण गरेर उनलाई लगातार निकै यातना दिएका थिए। सालेहले टाइम म्यागजिनमा लेखेका थिए कि यो घटनाले उनको मनमा तालिबानप्रति आक्रोश भरिदियो र उनले यसलाई कहिल्यै भुल्न सकेनन्।
तालिबानविरुद्ध सालेहको संघर्ष आज फेरि उही मोडमा आएको छ जहाँबाट उनले सुरु गरेका थिए। पंजशीरमा अहमद मसूदसँग मिलेर उनले यो लडाइँलाई अगाडि बढाइरहेका छन्। मसूद, अहमद शाह मसूदका छोरा हुन् जसको नेतृत्वमा सालेहले ९० को दशकमा तालिबानविरुद्ध संघर्ष गरेका थिए।







डिसी नेपाल







Facebook Comment