अफगानिस्तानमा उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म

डिसी नेपाल
६ भदौ २०७८ १६:३८
472
Shares

बीबीसी । एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्। आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरे जसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गर्‍यो। जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्‍यो।

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। तालिबानले नियन्त्रणमा लिएको काबुलको अवस्था अस्थिर रहेको बताइएको छ। यूकेको रक्षा मन्त्रालयले अफगानिस्तान छोडेर भाग्न चाहनेहरूको सङ्ख्या बढेसँगै विमानस्थल बाहिर भएको भिडभाडमा सात जना अफगानको मृत्यु भएको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *