सांसदले प्रधानमन्त्रीलाई आफूसँग लड्न चुनौती दिँदै भने – ‘हारे राजीनामा दिन्छु’
काठमाडौं। थाइल्याण्डका एक जना सांसदले देशका प्रधानमन्त्री प्रयुत चान ओचालाई चुनौती दिँदै आफूसँग थाइल्याण्डको परम्परागत मार्शल आर्ट मुए थाइमा भिड्न भनेका छन् । ४० वर्षका सांसद मोंगकोलकित सुक्सिन्थारानोनले प्रधानमन्त्रीलाई चुनौती दिँदै भिडन्तमा आफू हारे पदबाट राजीनामा दिने बताएका छन् । आफूले जिते प्रधानमन्त्रीले आफ्ना तीनवटा माग पूरा गर्नुपर्ने उनको शर्त छ ।
मोंगकोलकितले फेसबुक पोस्टमार्फत यो घोषणा गरेका थिए । उनी विगत एक हप्तादेखि यो फाइटको प्रचारप्रसार गरिरहेका छन् । यसबाहेक उनी सामाजिक संजालमा आफूले यो भिडन्तको लागि अभ्यास गरिरहेको तस्वीर र भिडियो पनि पोस्ट गरिरहन्छन् । यसअघि पनि उनी आफ्नो बयानका कारण विवादमा आएका थिए । यसअघि उनले जुवा, यौन व्यवसाय र यौन खेलौनालाई थाइल्याण्डभरी कानुनी रुपमा स्वीकृति दिनुपर्ने बताएका थिए ।
उनी थायल्याण्डका परम्परागत सांसदभन्दा फरक छन् र युवाहरुबीच लोकप्रिय छन् । खासमा कोरोना संक्रमणका केसहरु बढिरहेपछि थाइल्याण्डका प्रधानमन्त्री अप्ठ्यारोमा छन् । थाइल्याण्डमा चीनको खोप सिनोभ्याकमाथि पनि निकै भरोसा जनाइएको छ । यही कारण थाइल्याण्डमा खोप वितरण प्रक्रिया पनि ढिलो चलिरहेको छ र प्रशासनमाथि प्रश्न उठाइँदैछ ।
मोंगकोलकितका अनुसार उनी प्रधानमन्त्रीसँग फाइट गर्न चाहन्छन् । उनले आफूले जितेको अवस्थामा तीन कुरा मागेका छन् । उनका तीन मागहरु थाइल्याण्ड सरकारले जनताको लागि फाइजर र मोडर्ना जस्ता खोप मगाउने व्यवस्था गरोस्, कोरोनाका कारण कुनै सदस्यको मृत्यु भएको परिवारलाई सरकारले आर्थिक सहयोग गरोस् र कोरोनाबाट निको भएका बिरामीलाई पनि आर्थिक डोनेसनको व्यवस्था गरियोस् भन्ने हो ।
भाइस वर्ल्ड न्युजसँग कुरा गर्दै उनले ‘मेरो दिमागमा यो आइडिया थिएन । मैले केवल आफ्नो देशको खराब अवस्था देखेको थिएँ र यो निर्णय गरें ।’ उनले अगाडि भने ‘व्यक्तिगत रुपमा मेरो प्रधानमन्त्रीसँग कुनै दुश्मनी छेन । तर यो जिम्मेवारीको कुरा हो । मैले जनताको लागि केही न केही त गर्नुपर्छ । मेरो र प्रधानमन्त्रीको उचाइ एकै छ । हाम्रो तौल वर्ग पनि एउटै हो । तर, प्रधानमन्त्री मभन्दा २७ वर्ष जेठो हुनुहुन्छ त्यसैले उहाँले यो फाइटको लागि केवल आफ्नो सीधा हात प्रयोग गर्नुहुनेछ ।’







डिसी नेपाल







Facebook Comment