इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा लडाकु विमानबाट बम बर्सायो
काठमाडौं। इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा लडाकु विमानबाट बम बर्साएको छ । केही दिन पहिले गाजा क्षेत्रबाट इजरायलतर्फ आगो लगाउने बेलुन उडाइएका थिए । यसको जवाफमा इजरायलले यो कारवाही गरेको हो । आक्रमण गाजाको दक्षिणमा रहेको खान युनिस र उत्तरमा रहेको जबालिया क्षेत्रमा गरिएको हो । यसको जवाफमा गाजाका लडाकुहरुले इजरायलबाथि मेसिनगनले आक्रमण गरेका थिए ।
इजरायली पुलिससँगको संघर्षमा १५ वर्षका प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ । इजरायली डिफेन्स फोर्सले आफ्ना लडाकु विमानले खान युनिसमा हमासको हतियार बनाउने साइट र जबालियामा एक आतंकवादी सुरुङको प्रवेश द्वारमा बम खसालेको बताएको छ । उनीहरुले आम नागरिकका घर र सुजैयामा एक स्कुलनजिक हमासको अण्डरग्राउण्ड रकेट लञ्च साइटमा पनि आक्रमण गरेका छन् ।
पछिल्लो एक हप्तादेखि इजरायल र प्यालेस्टाइनीबीच युद्ध जारी छ । गाजाको तर्फबाट ९ वटा आगो लगाउने बेलुन लञ्च गरिएको दावी गरिएको छ । गत हप्ता प्यालेस्टाइनी प्रदर्शनकारीले गाजा सीमानजिक एक पर्खाल भत्काइरहेका थिए । यस क्रममा इजरायली सैनिकले गोली चलाएका थिए । यो विवादमा एक इजरायली पुलिस अधिकारी र एक प्यालेस्टाइनी घाइते भए ।







डिसी नेपाल







Facebook Comment