१४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण
काठमाडौं । गत २४ घण्टामा नेपालमा १४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ३० जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार ६४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२३ परीक्षण गर्दा ४०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment