नेपाल प्रहरीका पाँच एआइजीको सरुवा

डिसी नेपाल
१७ भदौ २०७८ २०:००
368
Shares

काठमाडौं । केपी ओली सरकारले गरेको सरुवा कार्यान्वयन नगरी सरकारले नेपाल प्रहरीका पाँच एआइजीको सरुवा गरेको छ । एआइजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय राखीपोखरी प्रमुखको रुपमा थमौति गरिएको छ ।

त्यस लगत्तै गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीहरुको सरुवा निर्णय व्यवहारिक नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सो निर्देशन भएको करीव ५० दिनपछि एआइजीहरुको सरुवा गरिएको हो ।

याेसँगै एआइजी भएको करिब डेढ महिनापछि सहकुल थापाले जिम्मेवारी पाएका छन् । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेसँगै उनलाई जिम्मेवारी दिएको हो । एआईजीमा बढुवा भएका थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ । थापाले जिम्मेवारी नपाएको विषयमा पनि सर्वत्र आलोचना भएको थियो ।

त्यस्तै एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रधानकार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको छ । जसअनुसार महानगरीय प्रहरी कार्यालयबाट हटाइएका एआइजी हरिबहादुर पाललाई त्यही राखिएको छ ।

प्रशासन तथा मानव स्रोत विकास विभागमा एआइजी विश्वराज पोखरेललाई पठाइएको छ । ओली सरकारले उनलाई प्रहरी एकेडेमीमा सरुवा गरेको थियो । एकेडेमीमा निरज शाहीको सरुवा भएको छ । प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभाग तथा सहकुल थापाको कार्य विभागमा सरुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.