देशभर वर्षाकाे सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलाे पानी पर्ने पूर्वानुमान

डिसी नेपाल
१९ भदौ २०७८ ७:२६
740
Shares

काठमाडौं। आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *