गजल

डिसी नेपाल
१९ भदौ २०७८ ७:३१

मलाई थाहा छ पर्दा भोली छेउमा कतै देखिने छैन।
हो हराउने छ औँसीको जुन हराए झैँ देखिने छैन।।

खुसी बाँड्दै साथीले तेरो म छु भनिरहेछ आज।
कमी छ जस्को साथको मलाई ऊ नै देखिने छैन।।

मलाई थाहा छ पीडा कहाँ लुकाएर राख्न पर्छ भन्ने ।
टकटकाउ मन मुठ्ठि एक देखौला सबै देखिने छैन।।

बाटोमा छोडेर हिड्नेको त कुभलो कहिल्यै चिताएन ।
पाप कहिले गरेको छैन धर्म गरेको भलै देखिने छैन।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *