पंजशीरमा कब्जा गरेको खुसीमा तालिबानले हवाइ फायर गर्दा कैयौंको मृत्यु
काठमाडौं। अफगानिस्तानको पंजशीर प्रान्तमा पनि आफ्नो नियन्त्रण कायम भएको बतालिबानले दावी गरेको छ । पंजशीर कब्जा गरेको खुसीयालीमा गएराती राजधानी काबुलमा तालिबानी लडाकुहरुले हवाइ फायर गरेर खुसी मनाएका थिए । यसरी गरिएको हवाइ फायरमा बालबालिकासहित कैयौंको मृत्यु भएको छ र कैयौं घाइते भएका छन् ।
Number of people including children killed and wounded in the #Taliban cheerful shootings last night in Kabul. This man from 16th District of #Kabul was operated at the emergency room, due to the engagement of operations theatre last night. #Afghanistan pic.twitter.com/Vhbv7PTVxd
— Aśvaka – آسواکا News Agency (@AsvakaNews) September 4, 2021
अफगानिस्तानको अस्वाका समाचार एजेन्सीका अनुसार तालिबानको हवाइ फायरमा बालबालिकासमेत कैयौंको मृत्यु भएको छ । तर, एजेन्सीले मारिने र घाइतेहरुको यकिन संख्या भने बताएको छैन । तालिबानले पंजशीरमा आफ्नो नियन्त्रण भएको दावी गरे पछि रेसिस्टेन्स फोर्सले भने यो दावी अस्वीकार गरेको छ । रेसिस्टेन्स फोर्सले भने आफूले तालिबानलाई ठूलो क्षति पुर्याएको दावी गरेको छ ।
तालिबानको यो हवाइ फायरपछि कैयौं मानिसहरु अस्पताल पुगेका थिए । यस क्रममा अपरेशन थिएटरहरु भरिएका थिए । केही तस्वीरमा अपरेशन थिएटरमा ठाउँ नभएपछि आकस्मिक कक्षमै अपरेशन गरिएको देखिएको छ ।







डिसी नेपाल







Facebook Comment