अमेरिका अफगानिस्तानमा कस्तो सरकार चाहन्छ ? विदेश मन्त्रीले बताए
काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अब त्यहाँको सरकार गठनका विषयमा विश्वको ध्यान केन्द्रित छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले शुक्रबार अमेरिका र अन्तर्राष्ट्रिय समुदायले तालिबानले अफगानिस्तानमा एउटा समावेशी सरकार गठन गर्ने र यसमा अलग अलग समुदाय र हितका व्यक्तिहरुले सरकारमा प्रतिनिधित्व गर्ने अपेक्षा गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा ब्लिंकनले भने ‘हामीले विश्वका अन्य देशहरुलाई भनेजस्तै अफगानिस्तानमा जुन पनि सरकार बन्द हामी आशा गर्दछौं कि त्यो सरकार समावेशी हुनेछ । गैर तालिबानीहरुले पनि सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।’ अफगानिस्तानमा नियन्त्रणपछि तालिबान नयाँ सरकारको घोषणा गर्ने अन्तिम तयारीमा छ ।
ब्लिंकनले भने ‘सरकार गठनको क्रममा सबैभन्दा महत्वपूर्ण यो हुन्छ कि अफगानिस्तानको सरकार कस्तो देखिन्छ र त्यसले वास्तवमा के गर्छ । सरकारको नीति के रहन्छ र के काम गरिन्छ भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ उनले अफगानिस्तानमा एक समावेशी सरकारको अपेक्षा गरिएको र अन्त्यमा अफगानिस्तानको सरकार आफ्ना प्रतिबद्धतामा कायम रहोस् भन्ने अपेक्षा गरिएको बताए ।
ब्लिंकनले तालिबानको प्रतिबद्धता अनुसार यात्राको स्वतन्त्रता, अफगानिस्तानको जमिनलाई आतंकको लागि प्रयोग हुन नदिनु, महिला र अल्पसंख्यक सहित अफगान जनताका मूल अधिकार कायम राख्दै प्रसितशोधमा सहभागी नहुने जस्ता कुराहरुमाथि सरकार गठनपछि निगरानी गरिने बताए । ब्लिंकनले भने ‘तालिबान यी प्रतिबद्धतामा कायम रहन्छ कि रहन्न भन्ने कुरामा हामीमात्र नभइ विश्वका अन्य देशहरुले पनि ध्यान दिइरहेका छन् ।’







डिसी नेपाल







Facebook Comment