क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

डिसी नेपाल
१९ भदौ २०७८ १५:२५
164
Shares

काठमाडाैं । क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन्।

क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो।

बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिथक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ।

उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ।

क्युवामा देशभरी गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरु मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ।

सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन्।

क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *