अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

डिसी नेपाल
२० भदौ २०७८ ७:३५
528
Shares

एजेन्सी। काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् ।

तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए। महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिवान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए । महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिवानले आरोप लगाएको छ।

प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए। महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए । उनीहरुले काम गर्न पाउने अधिकार र तालिवान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए।

तालिवानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन्। तालिवानले महिलालाई सरकारका बिभिन्न अंगमा सहभागीताको अवसर दिने बताए पनि महिलामन्त्री नबनाउने बताउँदै आएका छन्।

यसअघि सन् १९६६ मा तालिवान सत्तामा हँुदा महिलाहरुलाई विभिन्न अधिकारबाट बञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारबादीहरुको छ । त्यतिबेला महिलालाई सम्पूर्ण शरिर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे । त्यस्तै, तालिवानले १२ वर्ष माथिका बालिकालाई बिद्यालय जान प्रतिबन्ध लगाएका थिए ।

‘२५ वर्षअघि तालिवानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ बर्ष मिहिनेत गरेर अध्ययन गरे । महिलाले त्यस्तो दिन फेरी भोग्नु नपरोस । ’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *