भिडियोमा आफ्नो साथीले छोरीलाई बलात्कार गरेको देखेपछि पिताले आरोपीलाई मारिदिए

डिसी नेपाल
२० भदौ २०७८ १६:०३
228
Shares

काठमाडौं। आफ्नी ८ वर्षकी छोरीलाई बलात्कार गर्ने एक आरोपीलाई बालिकाका पिताले मारिदिएका छन् । आरोपी व्यक्ति पीडित बालिकाका पिताका साथी थिए । यी पिताले आफ्नी छोरीको बलात्कारको भिडियो आरोपीको मोवाइलमा देखेका थिए । त्यसपछि उनले चक्कु प्रहार गरेर साथीको हत्या गरिदिए ।

डेलीस्टारको रिपोर्टअनुसार रुसको रकेट इन्जिन कारखानाका कर्मचारी ३४ वर्षका भ्याचेस्लाभ गाउँमा आफ्ना ३२ वर्षका साथी ओलेग स्विडिरोभसँग मदिरा पिउँदै थिए । यस क्रममा भ्याचेस्लाभले अचानक ओलेगको मोवाइल उठाएर सर्च गर्न लागे । मोवाइलमा कथित रुपमा ओलेग र भ्याचेस्लाभकी छोरीको भिडियो थियो । भिडियोमा ओलेभले उनकी छोरीलाई बलात्कार गरिरहेका देखिएका थिए ।

भिडियो देखेपछि भ्याचेस्लाभको रिसको पारो चढ्यो । उनको ओलेगसँग बहस सुरु भयो तर मौका पाएपछि ओलेग त्यहाँबाट भागे । यता भ्याचेस्लाभले पुलिसलाई सबै कुरा बताए र ओलेगविरुद्ध आफ्नी छोरीलाई बलात्कार गरेको उजुरी दर्ता गराए । तर, उनी स्वयं पनि ओलेगको खोजीमा घुमिरहेका थिए ।

रिपोर्टका अनुसार यही बीच एक दिन भ्याचेस्लाभले ओलेगलाई भेटे । दुईबीच पहिले त झगडा भयो तर पछि भ्याचेस्लाभले चक्कु हानेर ओलेगको हत्या गरिदिए । पुलिसले ओलेगको शव गाउँनजिकै जंगलमा फेला पारे । पुलिसले हत्याको आरोपमा भ्याचेस्लाभलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

दावी गरिएअनुसार ओलेगको मोवाइलमा अरु पनि बालिकाको यौन शोषणका भिडियो थिए । त्यसैले स्थानीयले साथीको हत्या गरेका आरोपी पिता भ्याचेस्लाभविरुद्ध हत्याको मुद्दा चल्न नहुने बताएका छन् किनकि मृतकले उनकी नाबालिग छोरीलाई बलात्कार गरेका थिए । एक व्यक्तिले भने ‘उनी हत्यारा होइनन् । उनले आफ्नी छोरी र हाम्रा बच्चाहरुको रक्षा गरेका छन् । सबै उनको पक्षमा छन् । हत्याको केस चल्नु हुँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *