रनवेमा आतंकवादीका गाडीहरु दौडिएकै अवस्थामा पाइलटले विमान उडाएर हजारौंलाई बचाए

डिसी नेपाल
२० भदौ २०७८ १७:३२
9.8k
Shares

काडमाडौं। अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तानबाट बाहिरिन चाहनेहरुको ठूलो भीड जम्मा भएको थियो । यस क्रममा एक पटक ठूलो दुर्घटना हुन लागेको बेलायती पाइलटले खुलासा गरेका छन् । रोयल एयरफोर्सका विंग कमाण्डर र पाइलट केभ लेचम्यानका अनुसार २६ अगष्टमा दिन एयरपोर्टमा विष्फोटपछि जब उनी काबुल छोड्ने मानिसहरुलाई लिएर विमान उडाउन खोजिरहेका थिए त्यतिबेला तीन गाडीहरु अचानक रनवेमा आएका थिए । ‘हामी मुस्किलले बच्यौं र मानिसहरुलाई केही भएन’ उनले भने ।

स्काइ न्यूजसँग कुरा गर्दै उनले भने ‘गाडीहरु तीब्र गतिमा हामीतिर बढिरहेका थिए तर हामीले मानिसहरुको ज्यान बचाउनका लागि विमानको पर्याप्त गति नहुँदै टेकअफ गर्ने निर्णय गर्यौं ।’ विंग कमाण्डर लेचम्यानका अनुसार उनीहरु जुन विमानमा थिए त्यसको तौल त्यतिबेला २६५ टन थियो जुन त्यो विमानमा हुन सक्ने अधिकतम तौल हो । उनीहरुले त्यही तौलको साथमै टेकअफ गर्ने निर्णय गरेका थिए । पाइलटका अनुसार विमान रनवेमा दौडिरहेका बेला गाडीहरु सोही रनवेमा विपरित दिशाबाट विमानतर्फ आइरहेका थिए ।

विंक कमाण्डर लेचम्यानले भने ‘हामीलाई महसुस भयो कि हामीले टेकअफ रोक्न सक्दैनौं किनकि यदि मैले त्यसो गरेको भए हामी सबै खतरामा पर्ने थियौं । मैले परिणामबारे सोच्न सकें र टेकअफ गर्ने निर्णय गरें । सम्भावित खतराभन्दा केही सेकेण्ड पहिले उनले आफ्ना कोपाइलटसँग सामान्यभन्दा कम गतिमै टेकअफ गर्ने सल्लाह गरे किनकि त्यहाँ रोकिनु सुरक्षित थिएन । त्यसपछि उनीहरुले रोटेट स्पिडबाट करिब २० नट पहिले एयरक्राफ्ट टेकअफ गराउने कोसिस गरे र केही सेकेण्डमा उनीहरु हावामा उडे ।

पाइलट लेचम्यानका अनुसार जतिबेला विमान रनवे छोडेर हावामा उड्यो त्यतिबेला विमान र गाडीको लश्करको बीचमा केवल १० फिट दूरी थियो । टेकअफमा आएको समस्याबारे उनले भने ‘विष्फोटपछि बिजुली काटिएको थियो र रनवे लाइटले काम गर्न बन्द गरेको थियो ।’ काबुल विमानस्थलमा त्यस दिन भएको विष्फोटमा कम्तीमा १६९ अफगानी, १३ अमेरिकी सैनिक र २ बेलायती नागरिकको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *