तनहुँमा भदौ ३१ गतेसम्म निषेधाज्ञा

डिसी नेपाल
२१ भदौ २०७८ २०:१०
40
Shares

काठमाडौं । तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा अवधि बढाएको हो ।

कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कसप बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य व्यवसाय तथा होटल, रेष्टुरेन्ट भने बिहान ११ देखि ६ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको सहायक प्रजिअ बरालले बताए। औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.